बलात्कार गरी फरार अभियोगमा एक पक्राउ

RSS
0
Shares

भक्तपुर । सर्लाही घर भइ भक्तपुर नगरपालिका–१० कमलविनायकमा डेरा गरी बस्ने १९ वर्षीया किशोरीलाई बलात्कार गरी फरार पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार अभियोगमा महानगरीय प्रहरी वृत्त जगातीले भक्तपुर नगरपालिका–१० कमलविनायकका ३१ वर्षीय विकास तजलेलाई पक्राउ गरी आइतवार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

गत १४ गते दिउँसो किशोरीकै कोठामा पसेर डर, धम्की दिइ बलात्कार गरी फरार रहेको भन्दै किशोरीले गत १६ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा किटानी जाहेरी दिएपछि प्रहरीले तजलेको खोजी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?