काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा विपद्सम्बन्धी अध्यादेश जारी गरेका हुन् ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी भएको हो ।
सरकारले केही दिनअघि प्राकृतिक विपद्मा बेपत्ता भएकाहरुको मृत घोषणाको अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेबारे निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया