राष्ट्रपतिद्वारा जुम्ला आगलागी पीडितलाई राहत र पुनर्स्थापना गर्न ध्यानाकर्षण

RSS
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा हिजो (मंगलवार) भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छिन् ।


राष्ट्रपतिले आज (बुधवार) अपराह्न ट्विटमार्फत अग्निपीडितप्रति सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवम् पुनर्स्थापनाको आवश्यक व्यवस्था मिलाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?