आर्थिक समृद्धिको यात्रामा ‘कुटो कोदालो’

टेक सिँह धामी / धनगढी । कुटो कोदालो आधुनिक कृषि सहकारी संस्था धनगढी १४ फुलबारीको चौथो बार्षिक साधारण सभा तथा दोस्रो चुनावी सभा फुलबारीमा सम्पन्न भएको छ ।

मंगलवार फुलबारीमा भएको चुनावी सभाबाट ओमप्रशाद शर्माको अध्यक्षतामा कुटो कोदालो आधुनिक कृषि सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा पुर्णराज तिवारी, सचिवमा कृत बहादुर बिष्ट, कोषाध्यक्षमा शेरबहादुर बिष्ट, सहसचिवमा सिता च्वाइ, सदस्यहरु जयानन्द भट्ट, कमला भट्ट, बल बिष्ट, रिता खड्का, निर्मला सुनार र लक्ष्मी बानिया चयन भएका छन् ।

२०७३ सालमा स्थापना भएको कुटो कोदालोको आर्थिक बर्ष २०७६/०७७ को ७९ लाख ३० हजार पाँच सय छ रुपैयाँ बराबरको कारोबार प्रस्तुत गरेको छ । २०७३ सालमा ४२ जना सेयर सदस्यबाट बाट सुरु गरेको कृषी सहकारी हाल १२७ जना सेयर सदस्यीय परिवार बनेको छ ।

साधारण सभामा सहकारीका अध्यक्ष ओमप्रसाद शर्माले प्रगति विवरण सार्वजनिक गर्दै अब निर्वाहमुखी कृषिबाट आधुनिकीकरण तिर जानुपर्ने र व्यवसायिक कृषितर्फ उन्मुख गर्ने गराउने अभियान सहित आर्थिक समृद्धिमा जुट्नुपर्ने बताए । उनले सहकारीले कृषकका लागि छुट्टै कृषि ऋण उपलब्ध गराउने समेत बताए ।

सहकारीलाइ परिपक्क बनाउन हाम्रो समृद्धि हाम्रै एकताबाट अभियान समेत चलाएको सहकारिका सचिब कृत बिष्टले बताए ।

सहकारीबाटै आर्थिक समृद्धि : नृप वड

धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले सहकारीबाटै आर्थिक समृद्धि हुने बताए । आर्थिक समृद्धिको मुल आधार भएकाले साना सहकारीहरुलाइ पनी गाभेर बृहत आर्थिक संस्था बनाउनुपर्ने बताए ।

उनले सहकारीलाई व्यवस्थित र बिचौलियारहित बनाएर कृषि संगै आर्थिक क्रान्ति ल्याउन सरकारले विशेष कार्यक्रम तथा योजना ल्याउनुपर्ने बताए ।

स्थानिय सरकार एवम् नगरपालिकाले सहकारीको हकमा सहकारीलाइ ब्यबस्थित र चलायमान बनाउन आफु प्रतिबद्ध रहेको उनको भनाइ छ ।

सहकारीले अगामी दिनमा किसानलाइ अनुदान दिने, कृषि पकेट कार्यक्रम सञ्चालन गर्ने, सहकारी शिक्षा तालिम सन्चालन गर्ने, राहत कोष सिर्जना गर्ने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?