काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८३ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् ।
उनले प्रथम महिला सबीता पौडेलसहित पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अगाडि बागमती किनार गौरीघाटको छठ पूजास्थलमा पुगेर आइतबार छठी माताको पूजाअर्चना गरेका हुन् ।
राष्ट्रपति पौडेलले गौरीघाटको छठ पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् ।

राष्ट्रपति पौडेल गुहेश्वरीमा पुग्दा सांसदहरू विष्णुदेवि पुडासैनी र पुकार बम, पशुपति विकास कोषका पदाधिकारी, जनप्रतिनिधि र छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया