पर्यटन व्यवसायीले पनि गुहारे सरकार : विद्युतको डिमाण्ड शुल्क छुट र कर्जा तिर्ने समय थप्न माग

काठमाडौं । कोरोना भाइरस ‘कोभिड १९’बाट पूर्ण रुपमा प्रभावित पर्यटन व्यवसायीहरु सरकार गुहार्दै अर्थमन्त्रालय पुगेका छन् ।

मन्त्रालय पुगेका व्यवसायी अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा कोभिड १९ ले पूर्ण रुपमा क्षति भएको पर्यटन व्यवसायका लागि विद्युतको डिमाण्ड शुल्क छुट र ऋण तिर्ने समय थप्न आग्रह गरेका हुन् ।

त्यस्तै,व्यवसायीले व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि बढिमा दुई वर्षको हुने उल्लेख भएकोमा तीन वर्ष गर्नुपर्र्ने, विद्युत डिमाण्ड शुल्क छुटको व्यवस्था गरिदिनुपर्ने, ऋण चँुक्ता गर्ने अवधि अधिकतम चार वर्ष उल्लेख भएकोमा पाँच वर्ष बनाउने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

सो भेटघाटमा अर्थमन्त्री पौडेलले व्यवसायीहरुलाई संवोधन गर्दै सरकारले राहत, सहुलियत तथा प्रोत्साहनका कार्यक्रमहरु ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताएका छन् ।

अर्थमन्त्री पौडेलले बजेट, मौद्रिक नीति लगायतमा कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।

पर्यटन तथा होटल क्षेत्रमा परेको प्रभावप्रति सरकारकार जानकार रहेको र यस क्षेत्रको पुनरुत्थानका लागि सरकार सदैब तत्पर रहेको अर्थमन्त्री पौडेलको भनाई थियो । ‘पर्यटन तथा होटल क्षेत्रमा परेको क्षतिप्रति सरकार गम्भीर छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?