भारतले चीनलाई जिम्मा लगायो लद्दाखमा पक्राउ परेका चिनियाँ सैनिक

काठमाडौं । भारतीय सेनाले पूर्वी लद्दाखमा आफ्नो क्षेत्रमा आएका एक चिनियाँ सैनिकलाई फिर्ता गरेको छ । सोमवार उक्त चिनियाँ सैनिकलाई भारतले चीनको जिम्मा लगाएको हो ।

उक्त सैनिक शुक्रवार ईस्टर्न लद्दाखमा भारतीय सीमामा आएपछि समातिएका थिए ।

चीनले आफ्नो सैनिकलाई तत्काल फिर्ता गर्न माग गरेपछि भारतले चिनियाँ सैनिकलाई आज चीनको जिम्मा लगाएको हो ।

भारत र चीनबीच पछिल्लो ९ महिना यता विवाद जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?