काठमाडौं । नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै युवाहरूले आज (बिहिवार) प्रदर्शन गरेका छन् ।
चिनियाँ हस्तक्षेपकाे विराेधमा युवाहरूले चिनियाँ दूतावास नजिकै बिरोध प्रदर्शन गरेका हुन् । उनीहरूले विदेशी हस्तक्षेप बन्द गर, ब्याक अफ चाईना, सगरमाथा हाम्रो हो भन्दै नारावाजी गरेका थिए ।
नेपालमा राजनीतिक अस्थिरतासँगै चीनको चार सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएका थिए । टोलीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेका थिए।
चिनियाँ टोलीले नेताहरूलाई मिलेर अघि बढ्न सुझाव दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया