मौलिक पर्वले आपसी सदभाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा : मुख्यमन्त्री राउत

RSS
0
Shares

काठमाडौं । मुख्यमन्त्री लालबावु राउतले किरात समुदायको उधौली पर्व, गुरुङ समुदायको तमु ल्होसार, नेवार समुदायको योमरीपुन्ही र हिन्दू धर्मालम्बीको धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज (बुधवार) जारी गरिएको विज्ञप्तिमा नेपालका विविधतायुक्त मौलिक पर्वले देशवासीमा आपसी सदभाव, हार्दिकता र सहिष्णुता सहितको समतामूलक समाज निर्माणमा उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?