सरकारविरुद्ध मोर्चा निर्माण गर्न विप्लवसहित ४ पार्टीबीच सहमति (विज्ञप्तिसहित)

काठमाडौं । सरकारविरुद्ध रणनीतिक संयुक्त मोर्चा तयार गर्न प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लवसहित ४ राजनैतिक पार्टी एक ठाउँमा आएका छन् ।

मंगलवार एक विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालबीच सरकारविरुद्ध ‘रणनैतीक संयुक्त मोर्चा’ निर्माण गर्ने सहमति भएको हो ।

त्यस्तै चारवटै दलले जारी गरेको विज्ञप्तिमा ‘रणनैतीक संयुक्त मोर्चा’ को अवधारणा, संरचना र आगामी कार्यक्रम छिट्टै घोषणा गर्ने जनाएका छन् ।

यस्तो छ विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?