काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भूसालले प्रतिनिधिसभा पुनस्थापना गर्नाको विकल्प नभएको बताएका छन् । नवलपरासी(बर्दघाट सुस्तापश्चिम)को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भूसालले भने, “मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद पुनस्थापना गर्नुपर्छ, हामी पुनस्थापना गरेरै छाड्छौँ ।”
पूर्वमन्त्री भूसालले आगामी वैशाखमा हुने भनिएको चुनाव हुनै नसक्ने जनाउँदै अदालतले जनताको चाहनानुसार फैसला गर्ने विश्वास व्यक्त गरे । नेता भूसालले आजै (सोमवार) नेकपाले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया