काठमाडौं । कञ्चनपुरमा नेकपाको केपी ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ । पार्टी कार्यालयमा बैठक बस्ने बारेमा विवाद भएपछि केपी ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको हो ।
पार्टी कार्यालयमा प्रचण्ड-नेपाल समूहले बैठक बोलाएको थियो । तर ओली समूहले उक्त समूहलाई कार्यालय प्रयोग गर्न नदिई पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो ।
प्रचण्ड-नेपाल समूहका कार्यकर्ता मुख्य गेटको ताल तोडेर भित्र प्रवेश गरेपछि झडपको स्थिति सिर्जना भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दियो ।
अहिले पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको र अवस्था सामान्य भइसकेको प्रहरी कार्यलय कञ्चनपुरले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया