अमेरिकामा १० लाख भन्दा धेरैले लगाए कोरोना भ्याक्सिनको पहिलो डोज

काठमाडौं । कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको देश अमेरिकामा १० लाख भन्दा धेरैले कोरोना भाइरस निरोधक भ्याक्सिनको पहिलो डोज लगाएका छन् ।

रोग नियन्त्रण एवं रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट रेडफील्डले एक बयानमा यो जानकारी दिएका हुन् ।

उनले अमेरिकामा १० दिन पहिला कोरोना भ्याक्सिनको आपूर्ती र टीकाकरणको प्रक्रिया शुरु भएपछि अहिलेसम्म १० लाख भन्दा धेरैले पहिलो डोज लगाएका छ्न ।

रेडफील्डले नागरिकसँग भ्याक्सिन उपलब्ध नहोउन्जेलसम्म मास्क लगाउन र अन्य नियम अपनाउन आग्रह गरेका छन् । औषधि निर्माता कम्पनी फाइजर बायोएनटेक र मोडर्नाले टीकाको आपूर्ति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?