काठमाडौं । २०२० सारा विश्वका लागि नराम्रो साबित भइसकेको छ । तर अमेरिकाको लागि इतिहासकै सबैभन्दा नराम्रो साबित भएको छ ।
सीडीसीको एक रिपोर्टका अनुसार २०२० मा अमेरिकामा २९ लाख मानिसको मृत्यु भइसकेको छ । यो आँकडा यसको अन्तिमसम्ममा ३२ लाख माथि पुग्न देखिएको छ ।

२०१९ मा अमेरिकामा २८ लाख मानिसको मृत्यु भएको थियो । यो २०२० मा भने १५ प्रतिशत धेरै घातक साबित भइसकेको छ । १९१८ पछिकै अमेरिकामा यो सबैभन्दा नराम्रो समय हो ।
१९१८ मा प्रथम विश्वयुद्धमा १ लाख १६ हजार ५१६ जना अमेरिकी सैनिकको निधन भएको थियो । साथै स्पेनिस फ्लूका कारण करिव ७ लाख मानिसको ज्यान गएको थियो ।
अमेरिकामा हालसम्म १ करोड ८९ लाख १७ हजार १५२ जनालाई कोरोना संक्रमण भएको छ भने ३ लाख ३४ हजार २१८ जनाको मृत्यु भएको छ । अर्थात् अमेरिकामा हरेक ३३ सेकेण्डमा १ जनाको कोरोनाबाट निधन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया