कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्रीको संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा पश्चात् नेपाली कांग्रेसले सो विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो ।
आज (आईतवार) एक विज्ञप्ती जारी गर्दै बैठक पुस ७ गते (मंगलवार) दिउँसो १ बजे पार्टी कार्यलय सानेपामा बस्नेगरी बोलाइएको हो ।

मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा निकालेको विज्ञप्तिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बैठकमा उपस्थितिको लागि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?