काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा स्वीकृत भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राजीनामा दिएका छन् । मन्त्री भट्टराईले सिंहदरबारस्थित विकास समितिको हलमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन् ।
आज(आइतवार) आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राखेका थिए । ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले ओलीको उक्त प्रस्तावको तत्काल प्रतिवाद गरेका थिए ।
भट्टराईसहित मन्त्रिमण्डलका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा योगेश भट्टराई, गिरिराजमणि पोखरेल, वर्षमान पुन, घनश्याम भुसाल, बीना मगर, शक्तिबहादुर बस्नेत, रामेश्वर राय यादव रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया