संसद विघटनविरुद्ध पोखरामा नाराबाजी, प्रधानमन्त्रीबिरुद्ध विद्यार्थीले देशभर प्रदर्शन गर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि नेपाली राजनीतिक माहोल निकै तातेको छ । यसैबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्ककमल दाहाल‘ ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठनले देशैभर प्रदर्शन गर्ने भएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गरेपछि विद्यार्थी संगठन त्यसको विरोधमा उत्रिने भएका हुन् । उता पाँच वर्षे कार्यकालका लागि जनताबाट निर्वाचित भएको सरकारलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले आन्दोलन शुरु गरेका छन् ।

लोकपथलाई प्राप्त जानकारी अनुसार पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेका छन् ।

संविधानविद्ले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि ‘कू’ गरेको प्रतिक्रिया दिएका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपाका नेताहरु बैठका जुटेका छन् भने प्रचण्ड-  नेपाल समूहको भेला पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?