कांग्रेसद्वारा पदाधिकारीको आकस्मिक बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्रीको संसद विघटनको सिफारिसपश्चात् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।

बैठक दिउँसो १ बजे शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्नेगरी बोलाइएको हो ।

मन्त्रिपरिषद् बैठकमा ओलीले मन्त्रीहरु समक्ष संसद विघटनको प्रस्ताव गरेका थिए । प्रस्ताव गरेसँगै नेपाली कांग्रेसका नेताहरुले कडा आलोचना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?