पार्टीभित्रको अन्तरसंघर्षको सिकार संसदलाई बनाउनु निन्दनीय छ : प्रकाशमान सिंह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पुर्व महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्रीको संसद विघटनको सिफारिस असंवैधानिक कदम भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पार्टीभित्रको अन्तरसंघर्षको सिकार संसदलाई बनाउनु निन्दनीय भएको र यस्तो अप्रिय निर्णय लिएको साँचो हो भने लोकतन्त्र र संविधानलाई संकटमा पार्ने असंवैधानिक कदमको घोर भत्सर्ना गर्ने बताएका हुन् ।

साथै उनले सम्पूर्ण लोकतन्त्रवादीहरुलाई एक ढिक्का भएर यसको खिलाफमा उभिन समेत अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?