काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव आइतवारको मन्त्रिपरिषद् बैठकमा गरेपछि ३ मन्त्रीले प्रतिवाद गरेका छन् ।
ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले ओलीको उक्त प्रस्तावको प्रतिवाद गरेका हुन् ।
उनीहरुले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाँदा जनमतको अपमान हुने, असंवैधानिक हुने बताउँदै प्रतिवाद गरेका थिए । तर ओलीले कुनै तर्क नगरी तपाईहरुको कुरा सुने भन्दै हतारहतार निर्णय गराएर हिँडेका थिए ।
बैठकमा सहभागी एक मन्त्रीले तीन मन्त्रीले प्रतिवाद गर्दा ओलीले कुनै सुनुवाइ नगरी ‘तपाईहरुको कुरा सुनेँ, अब म हिँडे’ भन्दै बैठक सकिएको घोषणा गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया