के अध्यादेश फिर्ता हुँदैछ ? राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच वार्ता जारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शीतलनिवासमा भेटवार्ता जारी छ ।

आफू प्रधानमन्त्री भएपछि पहिलोपटक आफैँ खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका ओली राष्ट्रपतिलाई भेट्न जानुलाई संवैधानिक निकायसम्बन्धी अध्यादेशसँग जोडेर हेरिएको छ । धेरैले सामाजिक सञ्जालमा ‘अब अध्यादेश फिर्ता हुन्छ’ भनेर समेत प्रतिक्रिया दिन थालिसकेका छन् ।

यसअघि आजै प्रधानमन्त्री ओलीले प्रचण्ड निवासमा उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटेका थिए ।

खुलमटारबाट फर्केलगत्तै ओलीले गृहमन्त्री लगायत अन्य केहि मन्त्रीसँग पनि परामर्श गरेका थिए । प्रधानमन्त्री ओली केहिबेर अघि राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका हुन्।

यसअघि बसेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गर्ने वचन दिएपनि हालसम्म फिर्ता भएको छैन ।

यो पनि पढ्नुहोस् :

राष्ट्रपति कार्यालयले ८३ जना सांसदको निवेदन दर्ता गरेको भए के हुन्थ्यो ? उठे यस्ता सवाल जवाफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?