काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेतवार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन्।
आफूआज बिहान प्रधानमन्त्री भएपछि पहिलोपटक आफैँ खुलमटारस्थित प्रचण्ड निवासमा पुगेर पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका वली राष्ट्रपतिलाई भेट्न जानुलाई संवैधानिक निकायसम्बन्धी अध्यादेशसँग जोडेर हेरिएको छ ।
यसअघि उनले प्रचण्ड निवासमा उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटेका थिए ।
खुलमटारबाट फर्केलगत्तै ओलीले गृहमन्त्री लगायत अन्य केहि मन्त्रीसँग पनि परामर्श गरेका थिए । प्रधानमन्त्री ओली केहिबेरअघि राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास छिरेका हुन्।
यसअघि बसेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गर्ने वचन दिएपनि हालसम्म फिर्ता भएको छैन । (File Photo :RSS)
यो पनि पढ्नुहोस् :
राष्ट्रपति कार्यालयले ८३ जना सांसदको निवेदन दर्ता गरेको भए के हुन्थ्यो ? उठे यस्ता सवाल जवाफ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया