गुटगत भेलापछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारमा प्रचण्ड

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । अहिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भइरहेको छ ।

अध्यादेश फिर्ता प्रकरणमा दुई अध्यक्षबीच विवाद झनै चर्किएको छ । यस अघि  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले आफ्ना गुटका नेताहरूलाई सम्बोधन गर्दै गलत प्रवृत्तिविरुद्ध डटेर लाग्न निर्देशन दिएका थिए  । प्रदेश १ का पार्टी जिल्ला अध्यक्ष र सचिवसहित उपलब्ध केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै तीनै नेताले पार्टीलाई विधिपद्धतिमा ल्याउन नदिने प्रवृत्तिविरुद्ध लड्न निर्देशन दिएका हुन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको गुटको भेलालाई प्रचण्ड, खनाल र नेपालले मात्रै सम्बोधन गरेका थिए।यसअघि प्रचण्ड नेपाल पक्षका विद्यार्थी संगठनले प्रदेश १ को झापामा गुटको भेला गरेका थिए।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?