काठमाडौं । प्रतिनिधी सभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासको ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
सभामुख सापकोटाविरुद्ध व्यक्ति हत्याको मुद्दाको पेसी आजका लागि तोकिएपनि संवैधानिक इजलासले हेर्न नभ्याइने सूचीमा राखेको हो ।
गत वर्ष २०७६ को फागुन ३० गते पेसी चढेको सभामुख सापकोटाविरुद्धको मुद्दा इजलासले हेर्न भ्याएको थिएन।
नेपालमा कोरोना भाइरसको संक्रमण शुरु भएसँगै गरिएको लकडाउनका कारण मुद्दा हेरिएको थिएन ।

सभामुख सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा संलग्नता रहेको आरोप रहेका छ । सभामुख सापकोटाविरुद्ध हत्यामा संलग्न भएको भन्दै अर्जुनकी श्रीमती पूर्णिमाया लामाले २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर गरेकी थिइन्।
त्यतिबेला सापकोटा सूचना तथा सञ्चार मन्त्री नियुक्त भएका थिए।
त्यस्तै सापकोटाविरूद्ध पत्रकार कनकमणि दीक्षितले समेत मुद्दा दायर गरेका छन्।
सभामुख सापकोटाविरुद्ध दीक्षितले फरार अपराधी भएकाले पक्राउ गर्न माग गर्दै अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए।
त्यस्तै आजका लागि पेसी तोकिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विरुद्ध परेको मुद्दामा पनि सुनुवाई नहुने भएको छ ।
सरकारले ल्याएको अध्यादेशका विरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार, मन्त्रिपरिषद्, राष्ट्रपतिको कार्यालयसहित ९ जना विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया