काठमाडौं – विभाजनको नजिक पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुर्घटना तत्कालका लागि टरेको छ ।
स्थायी कमिटी बैठक हुनुभन्दा अगाडी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) बीच भएको ५ बुँदे समझदारीले पार्टीलाई फुटको जोखिमबाट जोगाएको हो ।
यसैबीच नेकपा स्थायी कमिटी सदस्य समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै लेखेका छन् :
सामान्यतय सिकाइ सरलताबाट जटिलता तिर जान्छ तर
बिशेष अवस्थामा जटिलताबाट सरलता तिर पनि जान्छ ।

पार्टीको चुलिँदो विवाद समाधानका लागि भन्दै बसेको नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।
ओली प्रचण्डबीच भएको त्यो ५ बुँदे समझदारी ! जसले बचायो नेकपालाई दुर्घटनाबाट…
पहिलो : हिजो (मंगलबार) जारी गरेको संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश फिर्ता लिने
दोस्रो : दुवै अध्यक्ष (प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) ले ल्याएका प्रतिवेदन फिर्ता लिने
तेस्रो : पार्टीभित्रको विवाद समाधानको लागि भदौ २६ गतेको सहमतिमा फर्किने
चौँथो : संसदको विशेष अधिवेसन बोलाउने हस्ताक्षर क्याम्पियन स्थगित हुने
पाँचौँ : आगामी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव लाने
दिउँसो १ बजे डाकिएको स्थायी कमिटी बैठक अध्यक्षद्वयको ३ घण्टा लामो छलफलका कारण ४ बजे मात्रै बसेको थियो ।
पार्टीका दुई अध्यक्ष (प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) को राजनीतिक प्रतिवेदनमा एक अर्काको दोष कोट्याउने होडबाजी चलिरहेको बेला हिजो (मंगलबार) सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश जारी गरेपछि नेकपाको विवाद झनै गहिरिएको कारण आजको बैठकलाई धेरैले चासो दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया