काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावद्वारा पदबाट हटाउनु पर्ने माग गरेको छ ।
तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले आज एक विज्ञप्ती जारी गर्दै ुसंसदलाई बन्दक बनाएर र उप सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नै स्वैच्छाचारी तरिकाले अध्यादेश जारीु गरेको आरोप लगाएका छन् । अलोकतान्त्रिक, सविंधानको मर्म र भावना विपरीतको अध्यादेश भएको भन्दै फिर्ता लिन र सो माथि टेकेर कुनैपनि निर्णय नगर्न आग्रह गरेको छ ।
ुराष्ट्रपति र प्रधानमन्त्रीको भुमिका अभिभावको र कारिन्दा जस्तो हुनु पर्नेमा संविधानको भक्षक जस्तो भएको र राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुक संकटबाट मुक्त गर्न ु विज्ञप्तीमा भनिएको छ ।
साथै माउ पार्टी कांग्रेसले सर्वसत्तावादका विरुद्ध सडक संघर्ष सुरु गरिसकेको र आन्दोलन अझै सशक्त समेत अध्यक्ष बस्नेतले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया