काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न आज दिउँसोका लागि पदाधिकारी बैठक बोलाएको छ। दिउँसो १ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेश र कांग्रेसको देशव्यापी विरोध कार्यक्रमको समीक्षा गरिने बताइएको छ ।
राष्ट्रपतिको स्वीकृतीमा सरकारले हिजो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । बिहान बोलाइएको संवैधानिक परिषदको बैठक बस्न नसकेपछि लगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया