काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि आइतबार शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।
बैठकमा अहिलेको पार्टी विवादबारे छलफल गर्ने भएपनि अब अध्यादेश प्रकरणपछि बैठकमा नयाँ एजेन्डाको प्रवेश हुनसक्ने देखिएको छ । प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित अन्य नेताहरु असन्तुष्ट बनेका छन् । यसले नेकपाको आजको बैठक समेत थप पेचिलो बन्ने देखिएको छ ।
मङ्सिर २१ गतेको बैठकमा पत्र पठाएर अनुपस्थित रहेका प्रधानमन्त्री ओली २८ गतेको बैठकमा उपस्थित भएका थिए । अध्यादेश ल्याएर एक्लिएका ओली आजको स्थायी कमिटी बैठकमा सहभागी हुन्छन् या हुँदैनन् भन्ने सबैको चासोको विषय बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया