ओलीमाथि महाअभियोग लगाउनुपर्छ : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि महाअभियोग लगाउनुपर्ने बताएका छन् । ओलीको कदम संविधान विरोधी रहेको भन्दै उनले वक्तव्यवाजी वा गनगन मात्रै नगरेर संसद अधिवेशन बोलाई महाअभियोग लगाउनुपर्ने बताएका हुन् ।

‘ महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठकरवक्तब्यवाजीरगनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोग तर्फ लाग्ने होरु’सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन् ।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्री ओली र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी दुबैको अहिले चौतर्फि आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?