नेकपाका प्रमुख सचेतक गुरुङलाई वर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौँ । प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रमुख सचेतक देव गुरुङलाई वर्खास्त गर्ने अन्तिम तयारी गरेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई दिनअघि मात्रै गुरुङलाई बालुवाटार बोलाएर राजीनामा दिन आग्रह गरेका थिए । तर,  गुरुङले राजीनामा नदिएपछि प्रधानमन्त्री ओलीले उनलाई वर्खास्त गर्ने तयारी थालेका हुन् । प्रधानमन्त्री ओलीले आज संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक परिषद्को बैठक आयोजना गरेका थिए ।

सो अध्यादेशको प्रमुख प्रतिपक्षी कांग्रेसदेखि सत्तारुढ नेकपाका नेताहरूले समेत चर्को विरोध गरिरहेका छन् । सत्तारुढ नेकपाको प्रतिनिधि सभाका प्रमुख सचेतक गुरुङले पनि यो अध्यादेश लोकतान्त्रिक मान्यताअनुरुपको नभएको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?