काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिसको तयारी गरिएको छ।
नवीन घिमिरेले अवकाश पाएपछि रिक्त रहेको प्रमुख आयुक्तको पदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने पूर्वसचिव राईलाई नियुक्त गर्ने तयारी रहेको स्रोतले बतायो ।
आज (मंगलबार) नै संवैधानिक परिषद् ऐन संशोधनसम्बन्धी नयाँ अध्यादेश जारीसँगै राईलाई सिफारिसको तयारी गरिएको स्रोत बताउँछ।
तर स्थायी कमिटी बैठक चलिरहेको बेला प्रधानमन्त्रीले पार्टीमा सल्लाहबिनै अध्यादेश जारी गरेको भन्दै नेताहरुले आपत्ति जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया