काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेसँगै यसलाई लिएर विभिन्न टिप्पणी र कटाक्ष भइरहेका छन् । यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अध्यादेश विल्कुलै गलत भएको बताएका छन् ।
‘इन्तु, परन्तु, इफ, बट, दायाँबायाँ, आदि इत्यादि कुरै छैन,’ जारी अध्यादेशको निन्दा गर्दै उनले भने, ‘हाम्रो प्रष्ट विमती छ ।’
उनले प्रतिपक्षीको समर्थन नखोज्न भन्दै अध्यादेशलाई तत्काल खारेज गर्नुपर्ने माग राखे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छिन् । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरे अनुसार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।
राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
संवैधानिक परिषद्को बैठक बस्न नसक्दा लामो समयदेखि धेरै संवैधानिक आयोगहरुमा पदपूर्ति हुन सकेको छैन ।
आजको लागि बोलाइएको बैठक स्थगित गरिएको छ ।
बैठकमा कोरम संख्या नपुगेपछि आजको लागि बोलाईएको बैठक पुनः साँझ ५ बजे बस्नेगरी स्थगित गरिएको हो ।
यसअघि आइतवार बैठक बोलाइएको थियो । तर आइतवार पनि गणपूरक संख्या नपुगेपछि बैठक बस्न सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया