सरकार ! न्यानो कपडा र दाउरा कहिले दिने ?

काठमाडौं – आजबाट सबैभन्दा चिसो महिना पुस लागेको छ।

काठमाडौंसहित पहाड, तराई – मधेशमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्याधिक चिसो बढीरहेको छ ।

तीन/चार दिनदेखि मौसममा आएको परिर्वतनका कारण सप्तरी सिरहा लगायत प्रदेश नं २ का आठ जिल्लामा र तराई–मधेशका भित्रि जिल्लामा चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।

अझै बिहान र साँझ बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकोले अत्याधिक जाडो बढेको छ ।

चिसोबाट जोगिन सर्वसाधारण चोक – चोकमा आगो बालेर बसेका छन् । तर कोरोना भाइरस ‘कोभिड – १९’ को डरकाबीच उनीहरु बाहिर समूहमा बस्न बाध्य भएका छन् ।

बाक्लो हुस्सु र कुहिरो लागेपछि सडकमा ओहोरदोहोर गर्न समेत समस्या हुन थालेको छ ।

दिउँसो समेत राम्ररी घाम नलाग्ने र ठिहिर्‍याउने जाडोबाट बच्न प्रशासनले न्यानो लुगा र दाउरा दिए हुन्थ्यो भन्ने आशामा बसेका छन् – नागरिक ।

बिस्तारै बढ्न थालेको शीत लहरले गरिब, दलित, सिमान्तकृत र पिछडिएको समुदायलाई मुस्किल पारेको छ ।

डोम, मुसहर र दलित वर्गलगायतका बस्तीमा शितलहरले वृद्धवृद्धा, बालबालिका तथा महिलालाई समस्या भएको छ ।

हावा छेक्ने पक्की घर नहुँदा उनीहरु घरभित्रै आगो बालेर सुत्न बाध्य छन् ।

यस्तो अवस्थामा कतिपयले ज्यानै गुमाउनुपरेको छ ।

उनीहरुको माग छ – ”सरकारले कोरोना महामारीबाट जोगाउनको लागि जे गरेको छ । धन्यवाद् । अब हामीलाई चिसोबाट बचाए हुन्थ्यो । बिहान बेलुका दुईछाक टार्नको लागि समस्या पर्ने अवस्थाको मानिसले अरु के भन्ने ? न्यानो कपडा र आगो ताप्न दाउरा भए हुन्थ्यो ।”

दमले सतायो ? यसरी बचौँ ! 

दम लाग्नुमा मौसमको कुनै पनि भुमिका हुँदैन । यो रोग जुनसुकै मौसममा पनि हुनसक्छ । तर जाडोयाममा दमका बिरामीहरुलाई अझ बढी सकस हुन्छ । यसको कारण के हो भने जाडोमा दमको मात्रा बढेर आउ छ । अरू समयमा सामान्य देखिएको दम जाडोमा विभिन्न प्रकारका छातिका संक्रमण भएर बढ्छ। यदि तपाईं सामान्य काम गर्दा पनि स्वाँ–स्वाँ हुन्छ भने दम भएको हुनसक्छ । दम रोगको पहिलो र मुख्य लक्षण भनेको स्वाँ–स्वाँ हुने र श्वास फेर्न अप्ठ्यारो हुने नै हो ।

सुरुवाति अवस्थामा सामान्य काम गर्दासमेत स्वाँ–स्वाँ हुने, छाती घ्यार–घ्यार हुने, रुघाखोकी लाग्ने, अलिकति हिँड्ने बित्तिकै श्वास फेर्न अप्ठ्यारो हुने, थकाई लाग्ने भयो भने त्यो दमको पहिलो लक्षण हो । यदी दम दीर्घरुपमा बढ्दै गयो भने सामान्य काम गर्दा समेत स्वाँ–स्वाँ हुने, दुई–चार पाइला हिँड्दा पनि समस्या हुने, रुघाखोकी लाग्दा पनि श्वासप्रश्वास समस्या बढ्दै जाने र विना काम नै बसिरहेको अवस्थामा पनि श्वास फेर्न गाह्रो हुने लगायतका समस्या देखिन्छ।

कसरी हुन्छ यो समस्या  ? 
धुमपान गर्नेलाई दमको समस्या हुन्छ । त्यसैले धुमपान मद्यपानबाट टाढा रहौँ ।

वायु प्रदूषण यसको अर्को कारण हो । बाहिर निस्कँदा मास्कको उचित प्रयोग गरौँ ।

केही अध्ययनहरुबाट पत्ता लागेको छ कि उचित पोषण प्राप्त नहुँदा दमको समस्या उत्पन्न हुन सक्छ ।

खानपानमा ध्यान दिऔँ । अमेरिकामा दमका रोगीहरु लगातार बढिरहेका छन् । यसको मुख्य कारण डाइटको ढाँचामा परिवर्तन हो भन्ने विश्वास गरिन्छ । अधिकांस अमेरिकीहरु प्रशोधन गरिएका खानेकुरा त्यागौँ ताजा फल र तरकारी खाऔँ । डाइट प्लानमा सुधार ल्याएमा राम्रो नतिजा प्राप्त हुनेछ ।

मोटोपनले पनि दमलाई बढाव दिने भएकोले नियमित अभ्यास गरी तौल सन्तुलित राखौँ ।

जाडोमा चिसो हावा लाग्ने हुँदा दमका बिरामीहरुलाई छिटो असर गर्ने भएकोले चिसोबाट बचौँ । न्यायो कपडा लगाऔँ । धुवाँ आउने मकल, हिटर आदि सकेसम्म नबाल्ने

झ्याल ढोका बन्द गरेर हिटरहरुको प्रयोग नगर्ने ।

एलर्जीबाट बच्न भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढै बस्ने

जाडोयाममा विभिन्न छातीसम्बन्धी प्रकोपहरुले भाइरल इन्फेक्सन (इन्फ्लुएन्र्जा), रुघाखोकीको प्रकोप, अन्य संक्रमण सम्भावनाको जोखिम बढी हुन्छ । त्यसैले :

स्वस्थ्यकर, झोलिलो खानेकुरा खाने ।

गुणस्तरीय मास्कको प्रयोग गर्ने ।

चिसोबाट बच्न के गर्ने ?
तपाई चिसोबाट बच्न भान्छाको सामान्य चीजहरुपनि प्रयोग गर्न सक्नुहुन्छ ।
तील,दालचीनी,लसुन,अदुवा, मनतातो पानी, जीरा ज्वानो, मेथी, बत्तिसा धुलो आदी प्रयोग गर्न सक्नुहुन्छ ।

अरु के गर्ने ?
पर्याप्त न्यानो कपडा लगाउने

मुटुका बिरामीहरूले जाडोमा बाधा पर्ने गरी शारीरीक काम नगर्ने
नियमित शारीरिक व्यायाम गर्ने

सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिने

छालाको सुरक्षामा ध्यान दिनुपर्छ ।

बिहान उठ्ने बित्तीकै पर्याप्त मनतातो पानी पिउने

स्वस्थ आहारव्यहार गर्ने

कम्तीमा ६ घण्टा सुत्नुपर्छ। नत्रभने शरीरले रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ।

सानो बच्चादेखि वृद्धवृद्धासम्मलाई जाडोमा निमोनियाको जोखिम हुँने हुँदा होसीयारी अपनाउनुपर्छ ।

जाडोका कारण झ्यालढोका थुन्ने, अनि कोठाभित्र आगो बालेर बस्ने गरीन्छ । तर हावाको आवतजावत हुनेगरी कोठाको व्यवस्थापन गरेर मात्रै बस्नुपर्छ ।

यसैबीच सर्वसाधारणको अत्याधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी पाइएको हुँदा मनिङ वाक नगर्न चिकित्सकले भनेका छन् ।

रुघाखोकी, घाँटी दुख्ने, टन्सिल हुने, मुटु, दम, निमोनिया लगायतका स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका हुन् ।

लोकपथ डटकमले चिकित्सकसँग प्रश्न राखेर, भोटिङ पोलबाट मत संकलन गरेर, विभिन्न एजेन्सीको सहयोगमा तयार पारेको यी टिप्सहरु पढ्नुभएको थियो ? लिंक पढ्न आफूलाई ईच्छा लागेको हेडलाईन्समा क्लिक गर्नुहोस् । अनि समाचार सूचना. जानकारी तथा मनोरञ्जनको लागि नेपालको विश्वसनिय अनलाईन मिडिया लोकपथ डटकम  www.lokpath.com लग ईन  गर्नुभएमा हरपल अपडेट गरेका समाचार तपाईसम्म तत्कालै पुग्नेछ ।  बेल आईकनमा क्लिक गरी www.lokpath.com लाई सब्स्क्राईब गर्नुभयो भने हामीले साईटमा पोष्ट गर्नेबित्तिकै तपाईकहाँ नोटिफिकेसन जानेछ । सूचना, जानकारी, मनोरञ्जन, उत्प्रेरणामुलक अडियो, भिडियो,  फोटो तथा मल्टिमिडिया सामाग्री तत्कालै थाहा पाउनुहोस् । किनकी अब एक क्लिकमा संसार तपाईको हातमा छ ।

1. शरिरमा निलो दाग देखापर्दा बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ यस्ता छन् कारणहरु ! 
2. सावधान मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता संकेतहरु, कसरी बच्ने जानी राखौं
3. सावधान यी ५ समस्या भएका व्यक्तिले भुलेर पनि कागती पानी नखानुहोस्
4. मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने जान्नुहोस् !
5. तपाईको सिरानीमुनी के छ ? बास्तुशास्त्र भन्छ, यी कुरा राखेर सुत्दा फलिफाप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?