मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने ? जान्नुहोस्

काठमाडौं । मिर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। हिजोआज खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको संख्या बढ्दो छ।
विशेषगरी अव्यवस्थित जीवनशैली र खानामा असन्तुलनको कारण यस्तो समस्या हुन्छ । मिर्गौलाले शरिरका हानीकारण पदार्थलाई वाहिर फ्याक्ने र काम लाग्ने तत्वहरुलाई विभिन्न सम्बन्धित अंगमा पठाउने काम गर्छ ।

मिर्गौलामा पत्थरी भएमा पिसाब नलीमा विभिन्न फोहोर अड्किन थाल्छ । जसले गर्दा थप संक्रमण देखा पर्छ र मिर्गौला नै फेल हुन जान्छ । जसले गर्दा मुटुलगायत शरिरका अन्य भागमा समेत गम्भीर असर पुग्छ । मिर्गौलामा पत्थरी हुनुको निश्चित कारण हुँदैन । हावापानी तथा वातावरणको प्रभावले पनि मिर्गौलामा पत्थरी हुनसक्छ ।

पत्थरी के कारणले हुन्छ ?

पत्थरीको समस्याबाट बच्न अत्यधिक नुनबाट पनि बच्नुपर्ने हुन्छ । नुनको बढी सेवनले पत्थरी बन्ने प्रक्रिया छिटो हुन जान्छ ।
मोटोपनको समस्या पनि पत्थरीको कारण हो ।

तपाईको परिवारमा कुनै सदस्यालाई मिर्गौलामा पत्थरी भएको छ भने तपाईमा पनि पत्थरी हुने सम्भावन हुन्छ ।

कतिपय मानिसले बढी मात्रामा माछा मासु र गेडागुको प्रत्योग अत्यधिक गर्छन् । जसबाट प्रोटिन प्राप्त हुन्छ । प्रोटिनको बढी प्रयोग पनि पत्थरीको अर्को कारण हो ।

विभिन्न खालका औषधीको सेवनलेसमेत पत्थरीको समस्या हुन्छ । जस्तो की थाइराइड, क्याल्सीयमजस्ताको अत्याधिक औषधी सेवनले पत्थरीको समस्या निम्त्याउँछ ।

शरिरमा विभिन्न खालका संक्रमणहरु देखिने गर्छन् । बढी मात्रामा संक्रमण देखिन थालेको मिर्गौलामा पत्थरीको समेत सम्भावना हुन्छ ।

मिर्गौलामा पत्थरी पर्नुको अर्को कारण पानीको कम सेवन पनि हो । त्यसैले प्रयाप्त पानीको सेवन गर्न जरुरी हुन्छ ।

बढी मात्रामा पालुङ्गोको साग प्रयोग गर्दा पनि मिर्गौलामा पत्थरीको समस्या देखिन सक्छ ।

गर्मी मौसममा बस्ने मानिसलाई पत्थरीको समस्या बढी हुन्छ ।

कसरी थाहा पाउने ?

– पत्थरीको समस्या भएमा कोखा, ढाड, तल्लो पेटमा अत्याधिक पीडा हुन्छ ।

– पिसाव फेर्न गाह्रो हुनुका साथै पिसावमा रगतसमेत देखा पर्न थाल्छ ।

– मिर्गौलामा पत्थरी भएमा ज्वरो आउने, वाकवाक लााग्ने, वान्ता हुनेलगायतका लक्षण देखिने गर्छन् ।

उपचार
सामान्यतया ५ मिलिमिटरसम्मको पत्थरी भएको अवस्थामा नियमित खानपानमा ध्यान दिएर, आवश्यक मात्रामा पानी पिएर पनि हटाउन सकिन्छ । तर, यो मिर्गौलामा रहेको पत्थरी निस्कन सक्ने अवस्थामा छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ ।
पत्थरीले मिर्गौलालाई कति असर गरेको छ भनी पत्ता लगाइसकेपश्चात् यसको उपचारमा ध्यान दिनुपर्ने हुन्छ । पत्थरीले मिर्गौलालाई असर गरेको छ भने त्यसको आकस्मिक रूपमै उपचार गराउनुपर्छ ।
पत्थरीको प्रक्रिया हेरेर उपचारमा ध्यान दिनुपर्ने हुन्छ । यदि मिर्गौलाको तल्लो कोठामा पत्थरी भएको छ भने बिस्तारै उपचार गर्न सकिन्छ ।
२ सेन्टिमिटरसम्मको पत्थरी बिरामीलाई बेहोस नपारी निकाल्न सकिन्छ । यस्तो विधिलाई पिसिएनएल उपचार विधि भनिन्छ । यो विधिबाट करिब २ घण्टामै उपचार सम्भव छ ।
पत्थरीको उपचारपश्चात् बिरामीले ढुक्क भएर बस्नु हुन्न । उनीहरूले जीवनशैली र खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । एजेन्सीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?