सावधान ! यी ५ समस्या भएका व्यक्तिले भुलेर पनि कागती पानी नखानुहोस्

काठमाडौं । गर्मीमा कागती पानी अत्यन्तै प्रभावकारी मानिन्छ । गर्मीमा यसलाई सर्वतको रुपमा प्रायोग गरिन्छ भने अन्य जुनसुकै समयमा पनि अचार बनाउने काममा बढी प्रयोग गरिन्छ । सामान्यतय कागती वा कागती पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । मोटोपना घटाउन, शरीरमा उर्जा थप्न देखि हरेक किसिमले कागतीको फाईदा धेरै छ । कागती पानी अपच र कब्जियत जस्ता समस्या भएका व्यक्तिहरुलाई अति उपयोगी मानिन्छ ।

तर यसको अत्यधिक प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्छ । कागतीमा पाइने केही तत्वले स्वास्थमा जटिलता र दाँतमा समस्या निम्त्याउने गर्छ । कतिपय व्यक्तिहरुले कागती पानी खानु हुँदैन ।

१. मुटुका रोगीहरु:- कागती पानीमा एसिडको मात्रा धेरै हुन्छ । कागती पानीको धेरै प्रयोग गर्नाले एसिडिटी वढ्ने, मुटुको जलन र एसिड रिफलक्स जस्ता समस्याले सताउने गर्छ । मुटुका रोगीहरु कागती पानीबाट टाढा बस्नु नै फाइदा हुन्छ । गर्मीको समयमा दिनको तीन चार पटक पनि कागती पानी पिउने गर्छन् । जसले स्वास्थलाई नराम्रो असर गर्छ ।

२. अल्सर भएका व्यक्ति: अल्सर भएका व्यक्तिहरुका लागि पनि कागती पानी घातक बन्न सक्छ । त्यसैले यस्ता व्यक्तिले कागती पानी नखानु राम्रो हुन्छ । पेट दुख्ने र पोल्ने समस्याले अल्सरले विकराल रुप समेत लिनसक्छ ।

३. दाँतको समस्या भएको व्यक्ति: कागती पानी धेरै पिउनाले दाँतको इनामेल नष्ट भई टुक्रिने, फुट्ने र सेन्ट्रिभेट वढ्न सक्छ । दाँतको समस्या भएको व्यक्तिहरुले कागती पानी पिउन हुँदैन् । आफ्नो शरीरले खप्नसक्ने जति मात्र कागती पानी पिउन सकिन्छ । पिसाबसँग सम्बन्धित समस्या भएको व्यतिmले कागती पानी पिउन हुँदैन् ।

४. डाइबेटिज र पथरीको सर्जरी गरेको व्यक्ति: कागती पानीले छिटो पिसाब लाग्नुको कारण यस खालका समस्याहरुमा प्रभावित पर्छ । डाइबेटिज र पथरीको सर्जरी गरेको व्यक्तिलाई कागती पानी निकै घातक हुन्छ ।

५. कफ र पित्तको समस्या भएको व्यक्ति: कागती पानीले कफ र पित्त वढाउँछ । कफ र पित्तको समस्या भएको व्यक्तिले कफ र पित्त वढाउने सम्भावना धेरै हुन्छ । कागती पानी पिउने बानीेले आफ्नै शरीरलाई ठूलो समस्यामा पार्छ । स्वस्थ र व्यस्त रहन अत्यधिक कागती पानी पिउनबाट टाढा रहनुपर्छ ।

विशेषज्ञका अनुसार पेट, दाँत, मुटुको समस्या भएको व्यक्तिलाई कागती पानी पिउँदा शारिरीक समस्या उत्पन्न हुन्छ । कागतीमा पाइने एसिड र मानव शरीरमा पाइने एसिड मिश्रण हुँदा अझै स्वास्थ्य बिग्रने सम्भावना धेरै हुन्छ । त्यसैले माथिका समस्या भएका व्यक्तिहरुले कागती पानी नखानु नै राम्रो मानिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?