सावधान ! मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता संकेतहरु, कसरी बच्ने ? जानी राखौं

काठमाडौं । शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम मिर्गौला अर्थात् किड्नीले गर्दछ । किड्नीको विशेष सम्बन्ध मुटु, फेक्सो, कलेजोसाथ हुन्छ । मुख्यगरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ । त्यसकारण, यदि कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि विग्रन्छ ।
किडनीका रोगीहरु दिनानुदिन बढीरहेका छन् । यसको मुख्य कारण मुटु, दम, श्वास, टि.बी., सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर आधुनिक औषधीहरुको बढी सेवन गर्नु हो । यी आधुनिक औषधिहरुको विषाक्त प्रभावका कारण नै किड्नी तथा पिशाबसम्बन्धी रोग उत्पन्न हुन्छ ।
यदि एउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ ।

किन दुख्छ कम्मर ? यस्तो छ उपचार विधि

मृगौलाले आफ्नो जिम्मेवारी आशिंक वा पुरा रुपमा वहन गर्न नसक्नुलाई मृगौला विग्रनु वा मृगौला फेल भएको भन्ने गरिन्छ । मृगौला फेल भएमा वा मृगौलाले काम गर्न छाडेमा बाँच्न सम्भव हुँदैन तर डायलासिस वा मृगौला प्रत्यारोपण गरेर बाँच्न वा बचाउन भने सकिन्छ । मृगौलाको प्रत्यारोपणपछि मानिस पूर्ववत अवस्थामा आफ्ना नियमित कार्यहरु गर्न सक्दछ ।
मृगौला फेल हुनुको अर्थ हो मृगौलाले काम गर्ने दर १५ प्रतिशतभन्दा कम हुनु । मृगौला फेल हुनु केही दिन पहिला शरीरले केही संकेत दिन थाल्दछ । त्यसलाई बेवास्ता गर्नु हुँदैन ।

शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा

मृगौला फेल हुनु अघिका ७ संकेतहरु यस्ता छन्ः

१. पिसावको मात्रा अचानक वा विस्तारै कम हुँदै जानु ।

२. शरीर सुन्निन थाल्छ, विशेषगरी अनुहार।

३. मन स्थिर नहुनु वा वान्ता हुनु ।

४. रक्तचाप अचानक बढ्नु ।

५. निरन्तर रगतको कमी हुँदै जानु ।

६. तौल अचानक कम हुनु ।
७. हड्डी र जोर्नीमा दुखाई हुनसक्छ । थकान र कमजोरी पनि हुनसक्छ ।

प्रेसर लो भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा

मृगौला फेल हुनबाट बच्ने ५ उपायहरु यस्ता छन्:-

१. पर्याप्त पानी पिउनेः

यसले शरिरको टक्सिन फिल्टर भएर निस्किरहन्छ र मृगौला स्वस्थ हुन्छ ।

२. चीनी र नुनमाथि नियन्त्रणः

खानामा चीनी र नुन नियन्त्रण गरे रक्तचाप र मधुमेह नियन्त्रणमा रहन्छ । मृगौलामा भार पर्दैन जसका कारण मृगौला स्वस्थ रहन्छ ।

३. व्यायाम गर्नुहोस्ः

दैनिक आधा घण्टा हिँड्ने र व्यायाम गर्दा रक्त संचार राम्रो हुन्छ । मृगौला पनि स्वस्थ रहन्छ ।

४. स्वस्थ खानेकुरा खानुहोस्ः

हरियो सागपात, गेडागुडी, फलफूल आफ्नो खानेकुरामा समावेश गर्नुहोस् । यसो गर्दा मृगौला स्वस्थ रहन्छ ।

५. धुम्रपान, मद्यपानबाट टाढै रहनुहोस्ः

धुम्रपान, मद्यपान, जंक फूडबाट टाढै बस्नुहोस् । यसले मृगौलामा टक्सिन जम्मा हुन दिँदैन । एजेन्सी

हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाइँ कस्तो हाँस्नुहुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?