काठमाडौं – सरकारविरुद्ध खबरदारी गर्न आज देशव्यापी प्रदर्शन गरेको नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सर्वसत्तावाद विरुद्ध व्यापक जनमत प्रकट भएकोमा सबैलाई बधाई दिएका छन् ।
उनले पार्टीलाई नवीन उर्जा मिलेको समेत बताएका छन् ।
विज्ञप्तीमा उनले लेखेका छन् , “आज मंसिर २९ गतेका लागि निर्धारित देशव्यापी प्रदर्शनमा भएको व्यापक सहभागिताले वर्तमान कम्युनिष्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्ति विरुद्ध जनमत प्रकट गरेको छ । ”
”एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाट नै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत आज प्रकट भएको छ ।
आजको प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन उर्जा प्रदान गरेको छ । यो उर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु ।”
उनले थपेका छन् , “प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु ।”
प्रदर्शनमा सहभागिता र शुभेच्छा राख्ने जनसमुदाय र प्रदर्शनको तयारीमा अहोरात्र खट्ने साथीहरूप्रति सम्मान प्रकट गर्दै उनले सामाजिक सञ्जाल मार्फत योगदान पु-याउने विशेषतः युवा पंक्ति र सञ्चारमाध्यमलाई पनि धन्यवाद् दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया