काठमाडौं – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले जनताले फालेको राजतन्त्र ल्याएर जनता सम्मानित नहुने बताएका छन् ।
कांग्रेस कञ्चनपुरले सोमबार सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको सरकारविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले पछिल्लो समय राजतन्त्र ल्याउन सडकमा एकथरी मानिसको भिड लागेको भन्दै यस्तो बताएका हुन् । उनले भने, “जनताले नै राजतन्त्र फालेका हुन् । फेरि राजतन्त्र ल्याएर जनता सम्मानित हुँदैनन् ।”

केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनतामाथि शोषण भइरहेको बताउँदै नेता पौडेलले सरकारले जनताका लागि खासै केही गर्न नसकेको दावी गरे । देशमा विभिन्न बहानामा भ्रष्ट्राचार मौलाएको बताउँदै उनले सरकार नै ओम्नी समूह र भ्रष्टाचारको काण्डमा मुछिएकाहरुलाई संरक्षणमा लागेको समेत आरोप लगाए ।
उनले थपे , “विपक्षी दलको हुन्छ भनेर नेकपाले उपसभामुखको सिट खाली राखेको छ । यसले सरकारको चेतनाको स्तर कति छ भन्ने देखाउँछ ।”
विगतमा कांग्रेसले पनि गल्तीहरु गरेको स्वीकार गर्दै नेता पौडेलले वर्तमान अवस्थामा कांग्रेस नराम्रोहरु मध्येको राम्रो भएको बताए । उनले गल्ती तथा कमिकमजोरी सबैबाट हुने भन्दै आगामी दिनमा कांग्रेस सच्चिएर आउने उनले प्रट्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया