सरकार विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै गगन थापाले के भने ?

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले बालुवाटारको जग्गा प्रकरणमा मुछिएको व्यक्ति अर्थमन्त्रीको कुर्सीमा विराजमान भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

पार्टीले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्न धनगढी पुगेका थापाले बालुवाटार जग्गा प्रकरणबारे बोल्दै आक्रोश व्यक्त गरेका हुन् ।

नेता थापाले जग्गा प्रकरण मुछिएका विष्णु पौडेल अर्थमन्त्रीको कुर्सीमा विराजमान हुने र कर्मचारी दण्ड भोग्नुपर्ने भन्दै सरकारको चरित्रमाथि प्रश्न उठाएका छन् ।

सरकारका पछिल्ला गतिविधि साथै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले अभद्र व्यवहार गरेको विरोधमा कांग्रेसले आजको लागि देशभर विरोध प्रदर्शन गरिरहेको छ । कोरोना महामारीमा सरकारले काम गर्न नसकेको, भ्रष्ट्राचारमा लिप्त भएको साथै सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप कांग्रेसको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?