कांग्रेसले आज सरकारविरुद्ध देशभर शक्ति प्रदर्शन गर्दै

काठमाडों । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै छ । सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको तथा निरंकुश बन्दै गएको भन्दै कांग्रेसले ७७ जिल्लामै सडकमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन तथा अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम गर्न नेताकार्यकर्तालाई अपिल गरेका छन् ।

‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा केन्द्रित गर्दै लग्यो,’ कांग्रेसको अपिलमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?