नेकपा स्थायी कमिटी बैठक शुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा शोक प्रस्ताव पारित गरिनेछ ।

यसअघि पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको बैठक प्रधानमन्त्री निवास बालुवाटार सारिएको थियो ।

आजको बैठकमा गत मङ्सिर २४ गते निधन भएका नेकपा केन्द्रीय सदस्य एवम् पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पेश गरिने बालुवाटार स्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?