नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा दुई अध्यक्षबीच सहमति खोज्ने प्रयास गरिने जनाइएको छ ।

२१ गते बसेको बैठकले सहमति खोजीका लागि भन्दै आजसम्मका लागि बैठक स्थगित गरेको थियो । उक्त बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रस्तावका नाममा ‘अभियोगपत्र’ वितरण गरिएको भन्दै त्यसमा छलफल हुन नसक्ने अडानसहित बैठकमा अनुपस्थित थिए ।

आजको बैठकमा पनि प्रधानमन्त्री ओली सहभागी हुने नहुने निश्चित भइसकेको  छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?