काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएका छन्।
देउवाले शनिवार बिहान १० बजे केन्द्रीय समिति बैठक आह्वान गरेका हुन्। बैठक पार्टी कार्यलय सानेपामा बस्नेछ।
शुक्रवार साँझ प्रधानमन्त्री केपी ओलीसँग संवैधानिक निकायमा नियुक्तिबारे छलफल गरेर फर्किएका देउवाले आज आकस्मिक केन्द्रीय समितिको बैठक बोलाउनुलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया