लिङ्देनको स्वास्थ्य अवस्था बुझ्न कमल थापा मेडिसिटी अस्पतालमा

काठमाडौं । अस्वस्थ भई मेडिसिटी अस्पतालमा उपचारार्थ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन् ।

अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिइओ पंकज बास्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् ।

अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्ग्देनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएर छ । पुनः कोभिड – १९ परीक्षणको निमित्त स्वाब लिईसकिएको छ ।

अस्पताल श्रोतका अनुसार अहिले अक्सिजन दिन परेको छैन। अध्यक्ष थापा पार्टी कार्यक्रमको सिलसिलामा गृहजिल्ला मकवानपुरमा थिए।

आज काठमाडौं फर्किने क्रममा अध्यक्ष थापा मेडिसिटी अस्पताल पुगेको र पार्टी अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी पनि अस्पताल पुगेर लिङ्देनको स्वास्थ अवस्था बुझ्न अस्पताल भएको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

यो पनि पढ्नुहोस् : 

राप्रपा नेता लिङ्देन अस्वस्थ, एयर एम्बुलेन्सबाट काठमाडौँ ल्याइयो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?