काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वसांसद समेत रहेका लामाको कोरोना भाइरसको संक्रमणबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गएराति निधन भएको थियो ।
प्रचण्डले दिवंगत लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेक छन् ।
प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको स्मरण गरेका छन् ।
जुझारु र बौद्धिक व्यक्तित्वका धनी लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न आफूले उनको अभावको महशुस गरेको प्रचण्डले आफ्नो शोक वक्तव्यमार्फत भनेका छन् ।
लामाको जन्म २००८ साल फागुन ९ गते बुबा चन्द्र सिंह लामा र आमा मिश्रीमाया लामाको कोखबाट भएको थियो । २०३३ सालमा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका लामा २०३५ सालमा प्रचण्ड नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य रहेका थिए ।
२०६३ सालमा पुनरस्थापित संसद सदस्य रहेका उनी दक्षिण कोरियाका लागि नेपाली राजदूत समेत भएका थिए ।

यो पनि
मृत्युअघि कमानसिंहले लेखेका थिए यस्तो भावुक स्टाटस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया