सरिता गिरी समर्थक समूहद्वारा चीनविरूद्ध प्रदर्शन

लहान । सरिता गिरी समर्थक समूहले सिरहाको लहान नगरपालिकामा आज (बुधवार) लोकतन्त्रको पक्षमा र चीनको विरूद्धमा प्रदर्शन गरेको छ । स्थानीय पशुपति आदर्श माध्यमिक विद्यालय प्राङ्गणबाट निकालिएको विरोध -याली बजार परिक्रमा गरी मुख्य चोकमा कोणसभामा परिणत भएको थियो ।

‘लोकतन्त्र सुनिस्चित गर’, ‘नागरिक अधिकार रक्षा गर’, ‘गो ब्याक चाइना’, ‘चिनियाँ सरकार नेपालको दलमा हस्तक्षेप बन्द गर, चीनले मिचेको भूमि फिर्ता गर, लगायतका प्ले कार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् । नेपाली दलमा चिनियाँ सरकारको हस्तक्षेपका कारण आफूहरुको नेता गिरीलाई कारवाही गरिएकोले प्रदर्शन गरेको सहभागीहरुले बताएका छन् ।

-यालीपछि कोणसभाको आयोजना गरिएको छ । कोणसभामा पूर्व मन्त्री गिरीले आफूले संसदमा उठाएको आवाज जायज रहेको बताएकी छन् । उनले सभालाई सम्बोधन गर्दै आफूहरुले उठाएको आवाज नेपालका राष्ट्रिय मिडियाहरुले पचाउन नसकेको आरोप समेत लगाइन् । उनले भनिन्–‘सरकारले निरंकुश शैली अपनाएको यसले स्पष्ट हुन्छ ।’

 

अर्को सन्दर्भमा उनले सरकारको गलत रबैयाले देशमा भ्रष्टचार बढ्दै गएको आरोप लगाइएन् । ‘भ्रष्टाचार नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्ने थियो र छ,’ उनले थपिन–‘तर, सरकार उल्टै भ्रष्टाचारलाई संस्थागत गर्दै अघि बढेको देख्न सकिन्छ ।’

यस्ता रबैयाहरुमा सुधार नल्याए आउने दिनमा सरकारको पतन निश्चित रहेको नेता गिरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?