राजावादीको प्रदर्शनमा राम नारायण विडारीको टिप्पणी, गणतन्त्र नि देखियो ! भन्दै कमेन्टको ओईरो

काठमाडौं – पछिल्लो समय राजावादीहरुको प्रदर्शन बाक्लो रुपमा हुन थालेको छ । ०६२/ ६३ मा भएको आन्दोलनले राजतन्त्र उन्मूलन गरेको झण्डै डेढ दशकपछि राजावादी शक्तिहरु एकाएक जुर्मुराएको भन्दै विभिन्न टिकाटिप्पणी पनि भइरहेको छ ।

यसैबीच देशका विभिन्न भागहरुमा ‘राजा आउ देश बचाउ’ को नारासहित र्‍याली भइरहँदा सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै राष्ट्रियसभा सदस्य रामनारायण विडारीले टिप्पणी गरेका छन् ।

संघीय संसद, राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति समेत रहेका रामनारायण विडारीले लेखेका छन् :

”राजतन्त्र कति अपराधि थियो भन्ने कुरा यस्को शासन भोग्नेलाई थाहा छ । नदेख्नेले संलग्न हुनु अज्ञान हो ।”

उनको पोष्टमा मिश्रीत प्रतिक्रिया आएको छ । ए. पी. शर्मा नामका प्रयोगकर्ताले पेचिलो प्रतिक्रिया दिएका छन् :
गणतन्त्र कति सदाचारी रहेछ यो पनि थाहा भयो नी ! 

त्यस्तै अर्का प्रयोगकर्ता प्रतिक गोपालीले ‘ब्यबस्था दोषी कि नियत थाहा चाहियो। ‘ भनेर लेखेका छन् ।

उनको पोष्टमा फेसबुक प्रयोगकर्ता मुना कार्कीले  कमेन्ट गरेकी छिन्, “राजतन्त्रको अन्त्य गरिँदा दस वर्ष पुगेको शिशु आज बीस वर्ष नाघिसकेको छ । अर्थात्, राजतन्त्रात्मक व्यवस्थाले आम समाजलाई कति क्रूर यातना र अप्रगतिमा ठिंगुराएको थियो भन्ने अनुभूति गर्न नपरेको पुस्ताको विशाल भीड तयार भइसकेको छ । त्यो नयाँ पुस्ता दैनन्दिन जीविकाको भीषण समस्याबीच छटपटाइरहेको छ अनि गणतान्त्रिक शासकले त्यो पीडित पुस्तालाई राजतन्त्र र गणतन्त्रको गुणात्मक भेदबारे प्रशिक्षित हुने कुनै अवसर उपलब्ध गराएको छैन राजतन्त्र फर्काउनु पर्छ भन्नेको हुल देख्दा राजतन्त्रको हरक शीर्षकको आहुतिको लेखको यो हरफ याद आउँछ मलाइ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?