नेकपा सचिवालय बैठक शुरू

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  शुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सबै नेताहरुको उपस्थिति रहेको छ ।

गत मंगलबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिका कारण स्थगित गरिएको सचिवालय बैठक आज तय गरिएको हो ।

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुझाएका प्रतिवेदनहरुका बारेमा छलफल हुने बताइएको छ ।

कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेश गरेका थिए जसको १० दिनपश्चात् बसेको बैठकमा ओलीले आफ्नो जवाफ पेश गर्दै प्रचण्डले लगाएका आरोपहरु अस्वीकार गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि तीन दिनसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्ड र ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेर सहमतिको प्रयास गरेकी थिइन् भने ओलीनिकट नेताहरुले प्रचण्डसँग छलफल गर्दै आएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?