कांग्रेसले मङ्सिर २९ गते देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मङ्सिर २९ गते देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

आज बसेको कांग्रेस पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको, कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको असफलता, आम नागरिकको जनस्वास्थ्यको विषयमा सरकार गम्भीर नभएको भन्दै मङ्सिर २९ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।

आजको बैठकले मुख्यत पार्टीका वरिष्ठ नेतामाथि गरेको व्यवहारका विषयमा छलफल भयो । त्यस्तै सरकारले कोरोना रोकथाम नियन्त्रण तथा रोकथाममा चासो नदिएको, सर्वसत्तावाद लाद्न खोजेको, पछिल्लो सरकार गरेका नकारात्मक गतिविधिमा सुसुचित गर्न ७७ वटै जिल्लामा विरोध सभाको आयोजना गर्ने कार्यक्रम तय भएको छ ।” लोकपथसँगको कुराकानीमा उनले भने ।

त्यस्तै सरकारले हठात रुपमा गरेको संसद अवरोधका विषयमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा दवावमुलक कार्यक्रमहरुको आयोजना गरी तत्काल संसद बैठक बोलाउने वातावरण तय गर्न समेत कांग्रेसले पहल गर्ने उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?