काठमाडौं । तनहुँको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन गरेपछि नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिको दुरुपयोग भएको बताएका छन् ।
साथै उनले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै नेपाली कांग्रेसका कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्न बाट प्रशासन पछि हटेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा भने, ‘सत्ता र शक्तिको दुरुपयोग गरि उपभोक्ता समिती , स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम भयो ।आज तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्न बाट प्रशासन पछि हटेको प्रष्ट छ । पुल उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।’
बुधवार उद्घाटन गर्न नपाएको उक्त पुल कांंग्रेस नेता पौडेलले बिहीवार उद्घाटन गरेका हुन् ।
कांग्रेसका कार्यकर्ताले उद्घाटन समारोहमा बुधवार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजी समेत गरेका छन् ।
तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्न जाने क्रममा पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । पुल उद्घाटनमा नेता पौडेल जाने भएपछि नेकपा तनहुँ र राष्ट्रिय युवा संघ नेपालले विरोध गरेको थियो । पुल उद्घाटन विवादमा परेसँगै प्रशासनले पुल उद्घाटनलाई रोक्न आग्रह गर्दै निषेधाज्ञा समेत जारी गरेको थियो । निषेधाज्ञाका बावजुत पौडेल पुल उद्घाटन गर्न पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर ३ घण्टापछि छाडेको थियो ।
युवा संघले विरोधका कार्यक्रमहरु तय गरेसँगै त्यसबाट हुने झडप रोक्न प्रशासनले बुधवार बिहान १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
सत्ता र शक्तिको दुरुपयोग गरि उपभोक्ता समिती , स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम भयो ।
आज तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्न बाट प्रशासन पछि हटेको प्रष्ट छ ।
पुल उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । pic.twitter.com/fOoCmGMRR6
— Ram Chandra Paudel (@NcPaudel) December 3, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया